विश्वभर फेसबुक र इन्स्टाग्राम अचानक डाउन हुँदा प्रयोगकर्ता हैरान
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार २२:१५:१९
२२ फागुन, काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अचानक डाउन भएपछि प्रयोगकर्ताहरू हैरान छन् । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक,मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् ।
विश्वभर फेसबुक र उसका भगिनी प्लाटफर्महरु एकसाथ अवरुद्ध हुँदा ट्विटरमा #facebookdown ट्रेन्डिङ सुरु भएकाे छ । प्रयोगकर्ताले मेम्स पनि सेयर गरिरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मंगलबार राति अचानक डाउन भएपछि प्रयोगकर्ताका सामाजिक सञ्जाल अकाउन्ट अचानक लग आउट भइरहेका छन् । फेसबुक र इन्स्टाग्राम अचानक डाउन भएपछि लाखौं प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।
#facebookdown सोसल मिडिया प्लेटफर्म X मा ट्रेन्डिङ सुरु भएको छ। प्रयोगकर्ताहरूले आफ्नो गुनासोसँगै यसबारे हास्यास्पद प्रतिक्रिया पनि दिइरहेका छन् । फेसबुक डाउन भएपछि ट्वीटरमा मेम्सको बाढी आएको छ । मानिसहरू रमाइलो ट्विट गरिरहेका छन् ।
फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।
मेटा कम्पनीको स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएको यो पहिलो पटक भने होइन । मानिसहरूले फेसबुकमा धेरै समस्याहरू सामना गरिरहेका छन्। पहिलो पटक फेसबुक खोलिएपछि लगइन गर्न नसक्दा प्रयोगकर्ताले फोन अफ र अन गर्न थाले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
जेठ २, २०८१ बुधबार
आईआईटी मद्रासको स्टार्ट-अपले ‘इलेक्ट्रिक फ्लाइङ ट्याक्सी’
बैशाख ३१, २०८१ सोमबार
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार