नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १४:२४:७
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्नेहरुको भीड लागेको छ । सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै रहेको छ । पर्यटन विभागका अनुसार यसअघि यति संख्यामा कहिल्यै आवेद परेको थिएन ।
पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन्। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सगरमाथामा यसअघि सन् २०१७ मा आरोहीहरूको धेरै भिड लागेको थियो। त्यतिबेला ३७२ जनाले आरोहण अनुमति लिएका थिए।
यसपटक सोमवारसम्म आरोहण अनुमति लिनेको सङ्ख्या ३७५ पुगिसकेको छ। उनीहरू पाँच नेपालीसहित ३८ टोलीमा आबद्ध छन्। यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमशिखर चढ्न करिब ८०० आरोहीले अनुमति लिएका छन्।
यसपाला सगरमाथासँगै ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमती लिनेको सङ्ख्या पनि बढेको छ। सगरमाथापछि धेरै आरोहीहरूको भिड आमादब्लम हिमालमा लाग्ने देखिन्छ। त्यो शिखर चढ्नका लागि ४९ आरोहीले अनुमति लिइसकेका छन्।
अन्नपूर्ण प्रथम आरोहण गर्नका लागि २३ आरोहीले अनुमति पाएका छन्। तेस्रो ठूलो शिखर कन्चनजङ्घा आरोहणका लागि ३२ आरोहीले अनुमति लिइसकेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार