बागमती सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिँदै
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १०:३३:४१
२३ फागुन, काठमाडौं । बामगती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । यो प्रदेशमा कांग्रेसका ६ जना मन्त्रीहरु रहेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आजै कांग्रेसबार बागमती सरकारमा रहेका सबैजना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउने बताए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । कांग्रेस अब प्रतिपक्षमा बस्नेछ । राजधानी हेटौँडा बाहिर रहेका कांग्रेसका मन्त्रीहरु हेटौँडा फर्कँदै छन् । नयाँ सरकारबारे केन्द्रीय नेतृत्वसँग छलफल गर्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि काठमाडौंमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार