विप्लव समूहका दुई कार्यकर्ता गोरखाबाट पक्राउ
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १४:३३:४६
गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् ।
प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।
त्यस्तै पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको उनले बताए । पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो तलबभत्ता शैक्षिक विकासमा खर्च
गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गरेका छन् । वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महीनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका छन् ।
वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने निणर्य भए पनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन्। “१६ महीनाको रु दुई लाख ८८ हजारले तीन विद्यालयका बालबालिकालाई निःशुल्क अङ्ग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ”, उनले भने, “मैले यस्तो अभियान आफैँबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हूँ ।”
वडाध्यक्ष श्रेष्ठले वडाभित्रका शहीद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र शहीद लखन थापा प्रावि गरी तीन विद्यालयका विद्यार्थीका लागि उक्त रकमले अङ्ग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुगेको भए पनि अझै दुई विद्यालयमा रकमको अभाव भएको बताए । “स्कूल व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सबैलाई बोलाएर छलफल गरी अङ्ग्रेजी माध्यममा लैजानुपर्छ भनेर निर्णय भयो”, उनले भने, “कार्यान्वयनका लागि रकम जुटाउन भने समस्या भयो ।”
अहिले जारी भर्ना अभियानका क्रममा समेत वडा कार्यालयले सबै बालबालिकालाई निःशुल्क अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक दिने, पोशाक तथा खाजा उपलब्ध गराउने भन्ने प्रतिबद्धता गर्दै आएको उनले बताए । पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र बालबालिकाको आकर्षण घट्दै गएकाले उनीहरुमा हौसला प्रदान गर्न पनि वडा कार्यालयले यस्तो अभियान सञ्चालन गरी भर्ना गराउँदै आएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सुरु गरे कांग्रेससँग छलफल
बैशाख ३०, २०८१ आइतबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सुरु गरे कांग्रेससँग छलफल
बैशाख ३०, २०८१ आइतबार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
बैशाख ३०, २०८१ आइतबार
कुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार