अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १४:४६:३१
२६ फागुन, काठमाडौं । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन् । उनले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताइन् ।
“मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु”, पेपरले भनिन् । उनले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन् । पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गरेकी थिइन् ।
पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् । ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिलासमेत हुन् । विश्वमा हालसम्म छ जना आरोहीले मात्र बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार