ओली र नेपालबीच संवाद : पार्टी एकीकरणको अभ्यास
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार ९:३१:२
२८ फागुन, काठमाडौं । दुई वर्ष एमालेबाट विभाजन भएको नेकपा एसलाई एकीकरण गरेर नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल बन्ने कोसिसमा लागेको छ । एमाले र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) बीच एकता गरेर संसदमा ठूलो दल हुने कोसिसमा एमाले लागेको स्रोतले जनाएको छ ।
संसदमा नेकपा एससँग रहेको १० सिट एमालेमा समाहित भए मुलुकको सबैभन्दा ठूला पार्टी हुने त्यसका लागि एमालेका नेताहरूले गोप्य रुपमै पहल गरेका छन् । एमाले अध्यक्षले नेताहरूलाई एसमा संगठित रहेका करिब २५ हजार कार्यकर्तालाई व्यवस्थापन गर्ने गरी खाका तयार पार्न निर्देशन समेत दिएको स्रोतको दावी छ ।
पार्टी केन्द्रदेखि जिल्ला कमिटीसम्मका नेताहरूलाई एकीकरण प्रकृयामा ल्याउने पर्ने भएकाले त्यही अनुसार खाका तयार पार्नुपर्ने एमालेको निष्कर्ष रहेको छ र पार्टी एकीकरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक बनेको स्रोतको दावी छ । ओली मात्र होइन नेकपा एसका नेताहरु पनि सकारात्मक बनेका छन् ।
एस पार्टीमा रहेका तल्लो तहका नेता कार्यकर्ताहरू एमालेमा फर्कन थालेपछि माथिल्लो तहका नेताहरूले पार्टीलाई मिलाउने कोसिस गरिरहेको स्रोतको दावी छ । ‘ नेकपा एसलाई तल्लो तहका कार्यकर्ताहरूले एकताका लागि पहल गर्न नेतृत्वलाई दबाब दिएका छन् , एकाध चरणमा यो विषयमा कुराकानी भएको छ’, नेकपा एसका एक नेताले भने ‘त्यसका लागि एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसँग बसेर पहल गरे यसको समाधान निस्कन्छ ।’
यतिबेला एमाले अध्यक्ष ओली पनि माधव नेपालसँग सम्बन्ध सुधारमै रहेका छन् । एमाले अध्यक्ष ओली र नेपालबीच शनिवार मात्रै करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’को एकल भेटघाट भएको थियो । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । तर यो भेटघाटलाई गोप्य राखिएको छ । शनिवार नै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गोप्य भेटघाट गरेका थिए । दाहाललाई भेटेपछि ओली सिधै माधव नेपाललाई भेट्न बबरमहलस्थित एक होटलमा पुगेका थिए ।
तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल ओलीविरुद्ध उत्रिएका थिए । त्यसले गर्दा माधव नेपाल र ओली बीचको सम्बन्ध निकै तिक्ततापूर्ण रहेको छ । तिक्तता बढ्दै गएपछि ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास भएपछि उनले दुई पटक संसद् विघटन गरेका थिए । दुई पटक नै सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि ओली र नेपालले फरक बाटो लिएका थिए । त्यसयता उनीहरुबिचको सम्बन्ध निकै तिक्ततापूर्ण रहेको छ । माधव नेपालको नाम लिएपछि केपी ओलीले मुख कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनीहरूबीच सम्बन्ध विग्रँदै गएको थियो ।
२०७८ भदौमा पार्टी विभाजन भएपछि दुई नेताबीच बोलचाल बन्द थियो । पार्टी विभाजनकै कारण गत निर्वाचनमा ठूलो क्षति भएको निष्कर्ष एमालेले निकालेपछि दुई पार्टी तथा नेताबीच सम्बन्ध झनै चिसिएको थियो । यही फागुन २१ मा एमाले र माओवादीसहित दलहरूको नयाँ समीकरण बनेपछि गठबन्धनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि मिसिएको हो ।
एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउन ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल निवास कोटेश्वर गएका थिए । त्यसयता ओलीले नेपाललाई फकाउने कोसिस गरिरहेका छन् । एमाले र एसका कार्यकर्ताहरूले यसलाई सकारात्मक रुपमा लिएका छन् । स्रोतका अनुसार कुरा मिलेमा र नेताहरूको व्यवस्थापन भएमा वैशाख महिनामै दुई पार्टीबीच एकता हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार