प्रधानमन्त्रीको हैसियतमा बसेर जथाभावी नबोल्न प्रचण्डलाई कांग्रेसको चेतावनी
२० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीले प्रस्ताव ल्याए, मैले मानिन
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १५:३५:३
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको हैसियतमा बसेर मन लागि बोल्न र त्याहि खालको व्यवहार नदेखाउन चेतावनी दिएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासघाती भन्दै कांग्रेसले यस्तै बोली र व्यवहार कामय राखे परिस्थिति बदलिन समय नलाग्ने बताएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस नेतृत्वको गठबन्धन सरकारका समयमा भएका गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको बताए । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्रीकको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सो भनाई आफ्नो पार्टीलाई दोषारोपण गर्ने गरी आपत्तिजनक भएको र यस्ता भनाइ नराख्न कांग्रेसको चेतावनी छ । प्रवक्ता महतले भने, ‘महासमिति बैठकमा आएका धारणा, दस्तावेजमा उल्लेखित विषय, कोशीका कुरा उल्लेख गर्नुभएको छ । उहाँले म त एभ्रेज उपलब्धिबाट सन्तुष्ट छैन । धेरै उपलब्धि हासिल गर्थे भन्ने उहाँको कुरामा कुनै आधार छैन । उहाँले जे गर्नुभयो, सोचीसम्झी निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको यो प्रवृत्तिजन्य निर्णय र कुनै आसयबाट भएको छ भन्ने कुरामा अब दुई मत रहेन ।’
उनले २० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव आफूले अस्वीकार गर्दा प्रधानमन्त्रीले असहयोगी अर्थमन्त्री भनेको बताए । ‘२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरे डा. महतले भने, त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो । तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नुभएको छ ।’
उनले आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिष्ट नदेखाएको भन्दै आफू सरकारबाट बाहिरएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको बताए । लिष्ट बनाएर १०÷१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन, मैले हुन्न भने, महतले भने ।
आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे । आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’
सालाखाला भन्दा उपलब्धी नहुने देखेपछि गठबन्धन फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति इंग्गित गर्दै उनले प्रश्न गरे, ‘यही कारण सालाखाला भन्दा उपलब्धी नभएको हो ? मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धी नहुने हो ? यो कुरामा सहमत हुन सकिन्न ।’
सरकारले जति उपलब्धी हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको उनले दाबी गरे । उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारको प्रयासलाई आगाडि बजेटमा अझ गति दिने योजना थियो । यदि यो बाटो छोडेर हाम्रो साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ ।’
कांग्रेसका कारण उपलब्धी भएन भन्नु भ्रम छर्नु बाहेक केही नभएको डा. महतले बताए । जथाभावी खर्च गर्ने प्रवृत्तिमा भने आफूले साथ नदिएको र मन्त्रीका रुपमा गरेको काममा गर्व गर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस र कांग्रेसका मन्त्रीहरुलाई मैले भनेको जस्तो उपलब्धी भएन भनेर दोषारोपण गर्न कदापि मिल्दैन ।’
चिनियाँ ऋण मात्र होइन, अनुदान लिन नमानेको आरोप छ नि भनेर सोधेको प्रश्नमा उनले भने, ‘म चाहिँ अर्थमन्त्री नभएर प्रधानमन्त्री थिएँ कि भनेको जस्तो भयो ।’
आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान नसकेको उनले बताए । डा. महतले भने, ‘हामीले भनेको यति मात्र हो कि ऋण लिँदा प्राथमिकताको क्षेत्र पहिचान गरौं । दोस्रो, विश्व बैंक, एडीबीले एक प्रतिशतभन्दा सस्तो ब्याजमा ऋण दिन्छ, अन्तराष्ट्रिय प्रतिस्पर्धा हुन्छ । त्यस्तै कम शर्त राखिएको सहुलियत पूर्ण ऋण वा अनुदान भयो भने मात्र स्वीकार गर्नुपर्छ भनेका हौं ।’ यो चीन मात्र होइन, भारत, कोरिया जुन सुकै देशको हकमा लागू हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान
बैशाख २५, २०८१ मंगलबार
राई नेतृत्वको जसपाले यही समीकरणलाई सघाउने
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
'पेमेन्ट गेटवे' प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
बैशाख २५, २०८१ मंगलबार
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
बैशाख २५, २०८१ मंगलबार
नक्कली नोटसहित जाजारकोटबाट एक महिला पक्राउ
बैशाख २५, २०८१ मंगलबार
भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद
बैशाख २५, २०८१ मंगलबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार