फिल्म ‘बद्री बहादुर’को गीत सार्वजनिक ( हेर्नुस भिडियोसहित )
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १६:३७:५६
२९ फागुन, काठमाडौं । आगामी चैत २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पुलिस दाइ’ बोलको गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार जयकिशन बस्नेत, राजीव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिनेछन् । उनीहरुले फिल्ममा विशेष भुमिका निर्वाह गरेका हुन् ।
गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत छ । टंक बुढाथोकी र मिलन नेवारले गीतमा स्वर दिएका छन् । शिव विकको कोरियोग्राफी रहेको भिडियोमा विनोद सापकोटाको छायांकन छ ।
सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । शोभित बस्नेत निर्देशित फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ । फिल्मको पटकथा लेखन रामकाजी घिमिरेले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार