दोस्रो कर्णाली चलचित्र कार्यशाला सम्पन्न
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १०:५६:१३
२९ फागुन, सुर्खेत । २३ फागुनबाट जारी ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सोमबार बेलुका सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एबम् अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित उनले सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै यो कार्यशाला सम्पन्न भएको हो ।
केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा भएको यो कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरुले यो कार्यशालामा भाग लिएका थिए ।
कार्यशालामा आफ्नो भनाई राख्ने क्रममा बोर्ड अध्यक्ष भुवन केसीले भने,‘हरेक क्षेत्रमा हरेकले स्ट्रगल गर्छन र केही समयपछि उनीहरु अर्को क्षेत्रमा लाग्छन् । तर मैले अभिनयलाई अँगालेर चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि आज यो स्थानमा पुगेको हुँ ।’ उनले अगाडि थपे,‘नेपाली खसभाषाको उद्गम थलो कर्णाली प्राकृतिक र संस्कृतिका हिसाबले धनी प्रदेश हो । कर्णालीको कथामा बनेका क्याराभान, कालोपोथी सहित अन्य चलचित्रले अन्तराष्ट्रिय बजारमा नेपाललाई चिनाइसकेको छ ।’ यो चलचित्र कार्यशालामा सहभागी विद्यार्थीहरुले आउँदा दिनमा चलचित्र क्षेत्रमा राम्रो काम गर्ने विश्वास आफुले लिएको अध्यक्ष केसीले बताए ।
२०७९ सालमा आयोजना गरेको पहिलो कार्यशालाले यहाँका युवाहरुलाई चलचित्र क्षेत्रमा आकर्षित गरेपछि यसपटक उनीहरुलाई एडभान्स कोर्ष सौद्धान्तिक र प्रयोगात्मक रुपमा सिकाईएको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्काले समापन समारोहमा बताए,‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । यहाँको सुन्दरता र संस्कृतिलाई स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले दोश्रो पटक पनि यो कार्यशाला आयोजना गरेका हौं ।’ खड्काले भने ।
यो कार्यशालामा चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशन, अभिनेत्री एवम् रङ्गकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धि प्रशिक्षण दिएका थिए । प्रयोगात्मक रुपमा भएको यो प्रशिक्षणमा उनीहरुलाई दृष्य छायाँकन र स्थलगत अभ्यास सहित सम्बन्धित कला सिकाईएको थियो ।
कार्यशालामा हरेक विद्यार्थीले अभिनय र एक्सन कटसँगै आफ्नै कथा दृष्यगत रुपमा भनेका थिए । प्रशिक्षणका क्रममा उनीहरुले आफ्नो फिल्मको चरित्रको सृँगार पनि आफैंले गरेका थिए । अन्तिम प्रोजेक्टको रुपमा उनीहरुले ‘नो स्मोकिङ प्जिल’ र ‘डिँ«क प्लिज’ गरी दुईवटा सन्देश मुलक लघु चलचित्र निर्माण गरे । ती चलचित्रलाई कार्यशाला समापन समारोहमा प्रदर्शन गरियो ।
यो कार्यशालाको स्थानीय संयोजक निर्मल प्याकुरेलले यसपटकको कार्यशाला कर्णालीका उदाउँदै गरेका युवा सिनेकर्मीहरुका लागि निकै फलदायी भएको बताए । उनीहरुको सिकेको प्रशिक्षणका रिजल्ट आफुहरुले चाँडै देख्न पाउने पनि उनले बताए । प्रशिक्षार्थीमध्यबाट झरना साउदले समापन समारोहमा प्रशिक्षणको अनुभव सुनाउँदै आफुहरुले सोचेको भन्दै धेरै नै कुरा यो कार्यशालामा सिक्न पाएको बताइन् ।
कार्यशालाको समापन समारोहमा दैलेखका अग्रज गायक मोहन गौतमलाई नेपाली लोक संगीत क्षेत्रमा चार दशक भन्दा लामो समय योगदान दिएको भन्दै केवी इन्टरटेनमेन्ट प्रा.लि.बाट बोर्ड अध्यक्ष भुवन केसीले सम्मान गरे ।
समारोहमा कर्णालीका अग्रज कलाकार प्रेमदेव गिरी, गँगा केसी, सम्मानित व्यक्तित्व मोहन गौतमलगायतले यो कार्यशालाले कर्णालीमा राम्रो चलचित्र, वृत्तचित्र अब निर्माण हुने विश्वास व्यक्त गरे । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलघुचलचित्र ‘भाउ’, अमुल्य जीवनको मूल्यमाथि प्रश्न
बैशाख २४, २०८१ सोमबार
प्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार