अबको १५ महिनापछि माधव नेपाल प्रधानमन्त्री ?
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार ११:३६:८
३० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अबको १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल देशको प्रधानमन्त्री बन्ने बताएको छ । सत्तारुढ दलमा भएको सहमति अनुसार माधव नेपाल प्रधानमन्त्री बन्ने भएका हुन् ।
समाजवादीले १५ महिनापछि पार्टी अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेको हो । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको पत्रकारहरूलाई जानकारी दिएका छन् ।
उनका अनुसार १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अनि मात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ ।
बुधबार बसेको संसदीय दलको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए । उनले सहमति कार्यान्वयन हुने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार