तेस्रो पटक विश्वासको मत लिनु भनेकै राजनीतिमा उथलपुथल ल्याउनु होः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १२:२:४०
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनबाट तेस्रो पटक विश्वासको मत लिनु भनेकै राजनीतिक उथलपुथल भएको बताएका छन् । उनले आफूले प्रयोग गरेको शब्द उथलपुथल कसैप्रतिको व्यंग्य र इंगित गरिएको विषय नभएको दावी गरेका छन् ।
बुधबार संसदको रोस्टमबाट विश्वासको मत माग्दै उनले आफूले प्रयोग गरेको शब्दमा धेरै प्रश्न उठेको बताए । प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेबाज कसरी भए भनेर प्रश्न गरे । प्रचण्डले कुनै बेला संसदको रोष्ट्रम मै उभिएर आफूलाई नेपालको राजनेता भनेर घोषणा गरेको पनि बताए ।
‘त्यही राजनेता आज संविधान, राजनीतिक मान्यताका आधारमा राष्ट्रको बृहतर हित, राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?’ उनले प्रश्न गरे ।
आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा कांग्रेसले दुई पटक सरकारको नेतृत्व गरेको पनि उनले स्मरण गराए ।
उनले १४ महिनामा तेस्रोपटक विश्वासको मत लिनु उथलपुथल नै भएको जिकिर गरे । पहिलो विश्वासको मत कुन सन्दर्भ र पृष्ठभूमिमा लिएको थियो, दोस्रोको पनि सन्दर्भ र पृष्ठभूमि थियो । तेस्रो नयाँ सन्दर्भमा विश्वासको मत लिनु परेको छ । यो आफैँमा उथलपुथल हो । मैले मात्र गरेको हैन तपाईं हामी सबै यो प्रक्रियामा छौँ, उनले भने ।
उनले प्रकृतिको नियम समाज र राजनीतिमा पनि लागु हुने बताए । वृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले त्यसपश्चातको राजनीति निरन्तरतामा क्रमभंगता हुँदै विकास हुँदै आएको जिकिर गरे । गएको १४, १५ महिनाभित्र यहाँ भोगिएको छ त्यो उथलपुथल नै हो, उनले थपे, कसैप्रति इंगित र व्यंग्यको रूपमा हैन, मैले घटनाक्रम यसरी बुझिरहेको भनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराई नेतृत्वको जसपाले यही समीकरणलाई सघाउने
बैशाख २५, २०८१ मंगलबार
सिंहदरवारमा सभामुख र दलका शीर्ष नेताबीच छलफल
बैशाख २५, २०८१ मंगलबार
उपेन्द्रले अब प्रधानमन्त्रीलाई साथ दिन्छन कि छोड्छन ?
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन
बैशाख २५, २०८१ मंगलबार
गुठी पीडित किसानको राष्ट्रिय सम्मेलन
बैशाख २५, २०८१ मंगलबार
बागमती प्रदेशमा युवा सम्मेलन आयोजना गर्ने
बैशाख २५, २०८१ मंगलबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार