पारिश्रमिक नपाएपछि शिक्षकद्वारा परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट वञ्चित
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार ११:२६:१
♦ सञ्जय मिश्रा
१ चैत, रौतहट। लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरूले तलबको लागि वार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । शिक्षकको बहिष्कारको कारण नगरक्षेत्र अन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका वार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्।
नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा केहीबेर अघि माध्यमिक विद्यालय दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधबार निर्णय गरिएअनुसार वार्षिक परीक्षा बहिष्कार यथावत् राख्ने सहमति भएको हो।
फतुवा विजयपुरमा नगरपालिका स्थापना भएदेखि नै आफ्नै तलब पाउन प्रत्येक बर्ष आन्दोलन गर्नुपर्ने वाध्यताको अन्त्यका लागि यसपटक परीक्षा बहिष्कार गर्ने भएको निर्णयलाई सर्वसहमतिले कार्यान्वयन गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिएका छन्।
बैठकमा मा.बि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि विजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमावि डुमरियाका सन्तोष जयसवाल, निमावि भैसहीका अशोक जयसवाल, निमावि लक्ष्मीनियामा जयकिशोर साह, निमावि बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।
फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।
होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू बुधबार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका थिए। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन वार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो।
कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले ६ हजार विद्यार्थीको भविष्यको लागि वार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेका थिए।
नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिका बाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी थिइन्।
खातुनले न्युज कारखानासँग कुरा गर्दै आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधि विभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि वार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी थिइन्।
त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहोर्याएका थिए।
'लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं, शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रिया अगाडि बढेको छ, तथापि ४ गते आइतबार सबैको खातामा जानेछ,' उपसचिव प्रधानले पुनः प्रतिवद्धता जनाए ।
फतुवा विजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । ११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार