धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडकको स्तरोन्नति अन्तिम चरणमा
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार ११:५१:३८
२ चैत, कैलाली । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।
उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।
सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका अनुसार धनगढीमा पहिलो चरणमा निर्माणका लागि सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको दुई किलोमिटर सात मिटर, धनगढी मेनरोड ९ट्राफिक चौराहदेखि कैलाली नाला० सम्म एक किलोमिटर ३८ मिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् ।
त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, डिभोटी–जाई, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् । एसियाली विकास बैंक 'एडीबी' ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्याइएको रु एक अर्ब ३५ करोड बजेटबाट १० दशमलव २५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा सडक स्तरोन्नतिको काम भइरहेको आयोजनाका सूचना अधिकारी सौरभ कलौनीले बताए ।
उनका अनुसार १० दशमलव ८ किलोमिटर सडक स्त्तरोन्नतिका लागि १२ जुलाई सन् २०२० मा ३१ मार्च २०२४ मा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनसँग रु ७६ करोड ९० लाख ६७ हजारमा सम्झौता भएको हो । स्तरोन्नति भइरहेका सडकको भौतिक प्रगति ८५ देखि ९० प्रतिशत रहेको कलौनीले जानकारी दिए । पहिलो चरणमा निर्माणाधीन अधिकांश सडकको काम सम्पन्न भइसकेको छ भने केही निर्माणाधीन सडकको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
धनगढी चौराहा–कैलालीपुल, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र डिभोटी–पिपल चौतारा–जाई सडकमा साइकल पथको पनि व्यवस्था गरिएको जनाइएको छ । साइकल पथको चौडाइ एक दशमलव पाँच मिटर रहको छ भने नालीको चौडाइ एक दशमलव दुईदेखि दुई मिटर रहकको जनाइएको छ ।
क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राण्ड विद्युतीकरण निर्माणसहितको चार लेन र दुई लेनका सडक निर्माण डिपिाएका गर्ने उल्लेख गरिएको आयोजना कार्यालयले जनाएको छ ।
यसैगरी उपमहानगरसँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिकामा पनि कार्यान्वयनमा रहेका गेटा अस्पताल–जोनापुर, गेटा–लालपुर, हरैया–चौराही, लालपुर– गौठी, कत्था फ्याक्ट्री–जोनापुर, चौकीडाँडा–चाक्ले खोलालगायत सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
गोदावरीमा निर्माणाधीन सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको सूचना अधिकारी कलौनीले बताउनुभयो । गोदावरीमा कालिका कन्ट्रक्सनसँग रु ५४ करोड ४३ लाख ९७ हजारमा सम्झौता भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि खुसी
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार