मुगुको चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १३:५३:३२
२ चैत, मुगु । जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो ।
बौद्ध शिक्षा पढ्नका लागि मुगुम कार्मारोंगका लामा समुदायका ५० देखि एक सय जनासम्म बालबालिका बर्सेनि काठमाडौं र भारत जाने गर्दछन् । रिम्पोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्पोचे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा ओर्गेन डोढुल लिङ गुम्बा निर्माण भएको हो । सोही गुम्बामा पूजाआजा र बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताए ।
नयाँ गुम्बाको निर्माण पूरा भएपछि छोङ्ढुप पूजासहित विधिवत रूपमा गुम्वा उद्घाटन भइसकेको छ । गुम्बा निर्माण भएपछि बौद्ध शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
“हाम्रै ठाउँबाट बौद्ध पढाइ हुने भएकामा हामी खुसी छौँ । अब काठमाडौँ, भारत जानुपर्ने बाध्यता रहेन”, वडा नं ४ कार्तिक गाउँका दाक्पा तामाङले भने, “हाम्रा लागि धेरै सहज भयो देवता, लामाको पूजाआजा र प्रार्थना गर्न सहज भएको छ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
छानबिन समिति बनाएर राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री सहमत : कांग्रेस
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार