गोपाल खड्काविरुद्ध अख्तियारले दियो पुनरावेदन
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १४:४३:१
४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
आफूले माग दाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै अख्तियारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा १५ असार, २०८० मा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो ।
अख्तियारले खड्काविरुद्ध पुनरावेदन दर्ता गर्दै आफ्नो माग दावी अनुसार सजाय हुनुपर्ने माग गरेको छ । अख्तियारको अनुसन्धानका क्रममा खड्कासँग २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति पाइएको थियो, जसमध्ये ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ मात्रै उनको वैध आम्दानी थियो । आयल निगमको कार्यकारी निर्देशक भएपछिको ६ महिनामा मात्रै उनीमाथि ७ करोड ४४ लाख आर्जन गरेको आरोप छ ।
अख्तियारले २३ पुस २०७५ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो । माग दाबी अनुसार सजाय नगरी करिब आधा मात्रै सजाय भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली लाइसेन्स प्रकरणमा छिर्यो सीआईबी, फर्जी लाइसेन्स बनाउने दुई जना प्रक्राउ
बैशाख १६, २०८१ आइतबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी, २६६ मतले पराजित भए कांग्रेसका सिंह
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनमार्फत लगानीका अवसरको खोजी
बैशाख १७, २०८१ सोमबार
इलाममा १३ जना उम्मेदवार मत १०० कटेन, बझाङमा ६ दलकोे मत ५० मुनि
बैशाख १७, २०८१ सोमबार
कैलालीका चुरे पहाडका अधिकांश वनमा डढेलो फैलिँदै
बैशाख १७, २०८१ सोमबार