लिमीका बालबालिका खोपबाट वञ्चित
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १४:४८:५०
४ चैत, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भए पनि नाम्खा–६ का तील, जाङ र हल्जी गाउँका ५४ बालबालिका खोपबाट वञ्चित भएका छन् ।
यहाँका बालबालिका दादुरा–रुवेलाविरुद्धको मात्र नभएर अन्य खोपबाट पनि वञ्चित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।
“हिमपातका कारण नाम्खा गाउँपालिकासँग जोडिएको सडक बन्द छ, यातायात सेवा बन्द हुँदा खोप कार्यक्रम प्रभावित भएको हो”, उनले भने । लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कार्यरत भए पनि हिउँले बाटो बन्द हुँदा खोप ढुवानी गर्न नसकिएको प्रमुख सिंहले बताए । लिमीमा हेलिकप्टरमार्फत खोप ढुवानीका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको उनको भनाइ छ ।
खोप ढुवानी गर्न हेलिकप्टर भाडाबापत रु दुई लाख खर्च लाग्ने प्रमुख सिंहले बताए । “बजेट नहुँदा लिमीमा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुन सकेको छैन । हिउँले बाटो अवरुद्ध हुँदा खोप गाउँपालिकाको स्वास्थ्य शाखामै थन्किएको छ । अब वैशाखपछि बाटो खुलेपछि मात्र खोप अभियान सञ्चालन हुन्छ”, उनले भने । गत कात्तिक महिनायता त्यहाँका बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन् ।
गाउँपालिकाका अन्य खोप केन्द्रमा भने दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । नाम्खाका अन्य गाउँमा भने यही चैत १ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप लगाउने कार्य जारी छ । सो अभियान यही चैत ७ गतेसम्म सञ्चालन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार