तेह्रथुमको फेदापमा आगलागी, १६ घर जलेर नष्ट
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १६:५४:१
४ चैत्र, तेह्रथुम । आइतबार दिउँसो सुरु भएको आगलागीमा परी तेह्रथुम फेदाप गाउँपालिका–१ सिम्लेका ५ वटा बस्तीका १६ घर जलेर नष्ट भएका छन् । आगलागीका कारण अहिलेसम्म १६ वटा घर जलेर नष्ट भएका छन ।
आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपा गाउँका घर जलेका हुन् । बस्तीमा अहिले पनि आगो लागिरहेको छ । गाउँमा बस्ती पातलो भएको र बस्ती वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको छ ।
आगो नियन्त्रणका लागि सदरमुकाम म्याङलुङबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको प्रहरी नायव उपरीक्षक राजन चापागाँइले बताए । स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर घना जंगल र सुख्खा क्षेत्र भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
गाउँका ५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको छ । पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ । जलेकामध्ये अधिकांश घरहरूमा मान्छे बस्ने गरेका थिए । गाउँमा सडक साँघुरो भएकाले दमकल जान नसक्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
इजरायल र हमासबीच युद्ध विरामको संकेत
बैशाख १८, २०८१ मंगलबार
दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
बैशाख १८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
बैशाख १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार