हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
आबिद हुसेन
चैत ५, २०८० सोमबार १५:१४:२
५ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई करिब ७ लाख रुपैयाँ र विभिन्न बैंकका चेक बुकसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएका ५० बर्षिय रामबाबु कलवार रहेका छन् । उनको साथबाट श्रोत खुल्न नसकेको ६ लाख ८२ हजार नेपाली रुपैयाँ बरामद पनि गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार, विशेष सूचनाको आधारमा आइतबार दिउँसो खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ दुर्गा हल पछाडिको बाटोमा शंकास्पद रूपमा हिँडिरहेका कलवारलाई रोकेर उनको शरीर खानतलासी गरेको थियो । त्यसक्रममा कलवारले बोकेको झोलाबाट नेपाली हजार र पाँच सय दरको नोट गरी ६ लाख ८२ हजार रुपैयाँ र नेपालमा प्रतिबन्धित भारु पाँच सय दरको ५६ थान नोटपनि बरामद भएको थापाले बताए ।
यस्तै कलवारको साथबाट कृषि विकास बैंक,सानिमा बैंक, लक्ष्मी बैंक,मुक्तिनाथ विकास बैंक,ग्लोबल बैंक,प्राइम बैंक र मेघा बैंकको गरी १९ थान चेकबुक पनि बरामद गरिएको जानकारी थापाले दिए । पक्राउ परेका कलवारलाई प्रहरी हिरासतमा राखेर उनि विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्वको कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपचन्द्रपुरमा मोटरसाइकल चोरको बिगबिगी
बैशाख २५, २०८१ मंगलबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
हमासले स्वीकार गर्यो युद्ध विरामको प्रस्ताव
बैशाख २५, २०८१ मंगलबार
उपेन्द्रले अब प्रधानमन्त्रीलाई साथ दिन्छन कि छोड्छन ?
बैशाख २५, २०८१ मंगलबार
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
बैशाख २५, २०८१ मंगलबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
यादव नेतृत्वको जसपा संसदीय दलको बैठक आज
बैशाख २५, २०८१ मंगलबार