कुमारी बैंकले ग्लोबल मनी वीकको अवसरमा सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर !
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १३:५४:४०
६ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ ।
ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरूलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको पहिचान र सो समाधानका उपायहरू सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।
प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधी र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचत बाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्दछन ।
विगत २५ वर्षदेखी बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था कुमारी बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै इएमआइ क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बताएको छ । रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
बैशाख १७, २०८१ सोमबार
अर्जुनराज खनियाँ एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
बैशाख १६, २०८१ आइतबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
शिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
बैशाख १७, २०८१ सोमबार
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
बैशाख १७, २०८१ सोमबार
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
बैशाख १७, २०८१ सोमबार
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार