बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता हुने
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १७:१०:२५
६ चैत, कास्की । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता गरिने भएको छ ।
फागु पूर्णिमाको अवसर पारेर यही चैत ११ र १२ गते होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, पोखरा महानगरपालिका र ड्रागन बोट सङ्घ गण्डकीले बेगनासतालमा प्रतियोगिता गर्न लागेका हुन् । प्रतियोगितामा १२–१६ समूहले सहभागिता जनाउने आज बेगनास ताल किनारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ड्रागन बोट सङ्घ गण्डकीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए ।
बेलनास तालमा ड्रागन बोट दौड प्रतियोगितासँगै लेखनाथ क्षेत्रका सात सालमा पाइने माछाको प्रदर्शन, स्थानीय वेशभूषा तथा झाँकी प्रदर्शन, नेपाल–चीन सम्बन्ध झल्कने वस्तु एवं परिकार, पर्यटकीय स्थानको प्रचारप्रसार, मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम गरिने जानकारी होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले दिए ।
प्रतियोगिता सम्पन्न गर्न रु ४५ लाख खर्च हुने र रु ४० लाख सहयोग जुटेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले रु २० लाख र बाँकी रकम विभिन्न सङ्घसंस्थाबाट जुटाइने जानकारी कँडेलले दिए ।
सात तालको बगैँचा सहर लेखनाथका तालमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या न्यून हुँदै गएपछि बेगनास तालमा यस्तो प्रतियोगिता गरी पर्यटक प्रबर्द्धन गर्न लागिएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी पूरा भएको जानकारी आयोजक संस्थाले दिएका छन् ।
ड्रागन बोट दौड प्रतियोगिता पाँच सय र दुई सय मिटर दूरीमा खेलाइने छ । प्रतियोगितामा प्रथम हुनेलाई रु तीन लाखसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिने छभने द्वितीय रु दुई लाख, तृतीय एक लाख र सान्त्वना रु ५० हजारसहित सम्मान पत्रद्वारा पुरस्कृत हुने छन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख नवीन पोखरेलले खेललाई पर्यटनसँग जोड्न सकेमा यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बताउँदै पर्यटन बोर्डले बेगनास र लेखनाथ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न यस वर्ष रु ४५ लाख छुट्याएको जानकारी दिए । यस क्षेत्रका बासिन्दाले जति धेरै पर्यटन प्रबर्द्धनका गतिविधि बढायो त्यति नै धेरै पर्यटन आउने र आर्थिक चलायमान हुने विश्वास पोखरेलले दिलाए ।
महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न व्यवस्थित पार्क, आधुनिक शौचालय, पर्यटकलाई सहजै रुपमा आफ्ना गसतिविधि र डुङ्गा शयर गर्ने व्यवस्था मिलाइने बताए । बेगनास तालमा तीन सय ३१ डुङ्गा छन् भने तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ ।
प्रकृतिले सिँगारेको यो ताल यहाँको मुख्य आकर्षण हो । धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ । ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् । बेगनास नजिकै रुपा, दिपाङ, खास्टे, गुँदे, न्यूरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास ताल पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
जेठ १३, २०८१ आइतबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार