बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १४:५५:२८
७ चैत, विराटनगर । मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए।
दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो। पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको दाहालले बताए।
घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो। उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको दाहालले बताए।
हत्याको कारण भने खुलिसकेको छैन। गीताको शवको मुचुल्का उठाउने काम भइरहेको छ। बमबहादुरको शव कोशी अस्पतालमा राखिएको छ।
दाहालका अनुसार बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए। उनीहरूका ८ वर्षीय एक जना छोरा छन्।बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए। तर, उनी भने भागेर बाँचेका थिए।
‘कोठामा बुवाले आमालाई दाउ प्रहार गरेपछि आफूलाई पनि प्रहार गर्न खोज्दा भागेर जोगिएको बालकले बताएका छन्,’ दाहालले भने। बालकलाई चोटपटक लाग्न नपाएको दाहालले बताए। मृतक दुबै स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए।
श्रीमान्-श्रीमतीबीच दिनहुँजसो झगडा भइरहने गरेको प्रहरीले जनाएको छ। झगडा श्रीमानले श्रीमतीलाई बढी शंका गर्ने गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु
बैशाख २६, २०८१ बुधबार
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार