प्रहरीले विनोद चौधरीलाई पक्राउ गर्न खोजेको कि उन्मुक्ति दिन खोजेको ?
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार २२:६:३१
७ चैत, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी'ले उद्योगपति विनोद चौधरीलाई पक्राउ गरेर सभामुखलाई जानकारी दिनुपर्नेमा अनुसन्धान भैरहेको जानकारी दिएर नयाँ विधि प्रयोगमा ल्याएको छ । बसन्त चौधरीलाई सोधपुछ गरेर छाडेको केही बेरमा बुधबार दिउँसो सीआईबी सभामुखलाई पत्रचार गर्दै विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जनाएको थियो ।
संविधानको धारा १०३ '६' मा ‘सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पु¥याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ भनिएको छ । तर सीआईबीले पक्राउ नै नगरी सभामुखलाई जानकारी दिएको छ ।
सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।
अर्बपति व्यवशायी एवं सांसद विनोद चौधरीमा कान्छा भाई अरुण चौधरीलाई १८ माघमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । त्यसैगरी माइला भाई वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सीआईबीले उनलाई चाडै बोलाउने तयारी गरेको छ । उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई समेत गराइएको छ ।
घिमिरेलाई बुधबार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । सांसद चौधरीलाई पनि कागज गराएर छाड्ने तयारीका साथ प्रकृया अघि बढाइएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार