होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १३:४५:४५
१२ चैत, काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।
गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
उनले भने, “फागु पूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरू नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ ।”
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।
लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।
फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
माटोको चुलो बनाउँदै विष्णुकुमारी
बैशाख २४, २०८१ सोमबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार