पटनामा जारी अन्तर्राष्ट्रिय करातेमा नेपालको विजयी शुरुआत
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार १:१८:२२
काठमाडौं । भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालकी रुपा रानाले कातातर्फ स्वर्ण पदक जितेकी हुन् ।
सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतकै पूणेमा सम्पन्न प्रतियोगितामा समेत स्वर्ण पदक जितेकी थिइन् । उक्त स्पर्धामा भारतकी अञ्जली कुमारीले रजत तथा भारतकै अनिता कुमारीले कास्य पदक जितिन् । बुधबार प्रतियोगिताका अन्य खेल हुनेछन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायत देशका २२१ खेलाडी सहभागी रहेको अल इण्डिया कराते फेडेरेशनका अध्यक्ष राजु थापाले जानकारी दिए ।
उक्त च्याम्पियनशिपमा भाग लिन नेपालबाट जापान गोजुरियो कराते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक केवी रानाको नेतृत्वमा टोली पटना आइपुगेको छ । टोलीमा २६ खेलाडी र नौ पदाधिकारी छन् । नेपालबाट विभिन्न उमेर समूह र तौल समूहमा रुपा राना, दिलमाया कोइराला, विपिन राना, सन्तु थारू, अमन सोती मगर, छिरिङ गुरुङ, दिलबहादुर बुढाथोकी र सन्दीप चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै अन्य खेलाडीमा सुमन परियार, सन्दीप चौधरी, शिवानी बस्नेत, विबिन गुरुङ, सुनिल रावल, रोशन राना, इशा सारु, आकृति राना, प्रियङ्का थापा, शाहिल गुरुङ, जीवन पुन, मिलन श्रीश, प्रसुन शाही, सरोज क्षेत्री, आदित्य क्षेत्री, विवेक सेन ठकुरी, गौरव पौडेल र अमीशा पोखरेल रहेका छन् । निरा गौतमको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार