अमेरिकी डलरसँगै युरोको भाउ बढ्यो, अन्यको कति ?
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार ११:२७:३७
१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरसँगै युरोको भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ९६ पैसा र बिक्री दर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ। आज डलरमा २३ पैसाले वृद्धि भएको छ। यसअघि अर्थात मंगलबार अमेरिकीडलरको खरिद दर १३३ रूपैयाँ १९ पैसा र बिक्री दर १३३ रूपैयाँ ७९ पैसा तोकिएको थियो।
बुधबार युरोपियन युरोमा १९ पैसाले बढेर यसको खरिद मूल्य १४४ रूपैयाँ ३३ पैसा र बिक्री मूल्य १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री मूल्य १४४ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउन्ड सटर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ३१ पैसा र बिक्री दर १६९ रूपैयाँ ०७ पैसा कायम गरिएको छ। मंगलबार पाउन्डको खरिद मूल्य १६८ रूपैयाँ २२ पैसा र बिक्री मूल्य १६८ रूपैयाँ ९८ पैसा रहेको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ १८ र बिक्री दर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिद दर भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७९ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४६ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४५ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २१ पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बुधबार २८ रूपैयाँ १७ पैसा र बिक्री दर २८ रूपैयाँ ३० पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिद दर ३५२ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५४ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार