गलत नियतले सीडीओहरुलाई निर्देशन दिएको हैनः गृहसचिव
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १२:३१:५
१४ चैत, काठमाडौं । गृहसचिव एकनारायण अर्यालले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई दिएको निर्देशनमा अरु कुनै कैफियत नरहेको बताएका छन् । सामाजिक सञ्जाललगायतका माध्यमबाट आउने गलत सूचनालाई रोक्न र कारवाही गर्न निर्देशन दिइएको उनको भनाइ छ ।
मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यो गृहले जारी गरेको निर्देशनलाई विभिन्न सञ्चारमाध्यममा आएका विरोधलाई लक्षित गर्दै यसमा कुनै कैफियत नभएको बताएका हुन् । प्रभावकारी सेवा, नियमन र उद्धारका लागि निर्देशन दिएको उनको भनाइ थियो ।
अपराध नियन्त्रण र सीमा सुरक्षामा विशेष सरकारले विशेष ध्यान केन्द्रित गरेको उनले बताए । आत्महत्या, बैंकिङ कसुर, चोरी र हत्याजस्ता घटना अन्य भन्दा ८० प्रतिशतले बढेको जानकारी पनि उनले दिए ।
अर्यालले शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावत प्रभावित हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घोषणा गरिएको निषेधित क्षेत्र जायज भएको बताए। यद्यपि निषेधित घोषणा गरिएका क्षेत्रको विकल्प दिने बारे छलफल भइरहेको उनले जानकारी दिए ।
अर्यालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा रहेको बताए । गत पुस १३ ग ते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोग गर्दा २ जनाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।
हाल शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र बन्द हडतालका कार्यक्रम नरहेको उनको भनाइ छ । पर्यटक संख्या भएको र एक महिनामा एक लाख पर्यटक भित्रिएको पनि उनले समितिमा जानकारी गराए ।
यस्तै नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले ललितपुरको ढोलाहिटी घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए । समिति बैठकमा घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले होली मनाउने क्रममा भएको विवाद पहिलेकै झगडासँग जोडिएको पनि जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार