महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १२:४२:०
१४ चैत, काठमाडौं । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू तालिम दिएको हो ।
‘माउन्टेन गाइड’ बन्न आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको प्राविधिक सहयोग रहेको उक्त तालिममा २५ महिला गाइडको सहभागिता थियो । काठमाडौंको जकडोल जङ्गलमा यही चैत ७ देखि १३ गतेसम्म तालिम सञ्चालन भएको थियो ।
पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तालिम फलदायी हुने प्रतिष्ठानका अध्यक्ष दावाफुटी शेर्पाले बताए। सीप र दक्षता बिनाको जनशक्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उनको भनाइ छ ।
बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए । सरकारले राखेको पर्यटन दशक (सन् २०२३–२०३०) को उद्देश्य पूरा गर्न यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उनले बताए ।
भिर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेकालाई सहज रुपमा उद्धार गर्ने, सुरक्षित स्थानमा पु¥याउने, आवश्यक मार्गदर्शनलगायत पदमार्गका क्रममा आवश्यक पर्ने सीप तालिमका सहभागीलाई प्रशिक्षकले अभ्यास गराएका थिए ।
ट्रेकिङ गाइड र आरोहीले मात्र सहभागिता जनाएका उक्त तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्याउने आयोजकले जनाएको छ । नेपालमा हालसम्म दावायाङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार