कर्णालीमा एसईई दिने विद्यार्थी घटे
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १२:४८:३
१४ चैत, सुर्खेत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।
यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार नौ सय ७० जना विद्यार्थीले एसईई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष तीन हजार एक ६२ जनाले घटेको हो ।
प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार छ सय २३ छात्र र १८ हजार एक सय ५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ विद्यार्थीले एसईई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन्भने तीन हजार पाँच सय ९३ परीक्षार्थी छन् ।
चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ । सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ विद्यार्थीले एसईई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।
जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार छ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसईई दिँदैछन् ।
हुम्लामा छवटा परीक्षा केन्द्र छन् । परीक्षार्थी एक हजार एक सय ९५ छन् । मुगुमा आठवटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन् । यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी छन् ।
जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार