एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १०:५४:२०
१६ चैत, काठमाडौं । अमेरिकी कम्पनी एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय भएको छ ।
फ्राइडलाई आफ्नो कम्पनी एफटीएक्स मार्फत क्रिप्टोकरेन्सी एक्सचेन्ज ग्राहकहरूबाट आठ अर्ब डलर चोरेको आरोपमा २५ बर्ह्सको जेल सजाय सुनाइएको हो । यस घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आर्थिक ठगी भएको बताइएको छ ।
म्यानहट्टन जिल्ला न्यायाधीश लुइस कपलानले यस मुद्धामा आफ्नो फैसला सुनाउदै बैंकम्यान फ्राइडको दावीलाई सुनुवाइमा अस्वीकार गर्दै ग्राहकहरूले पैसा गुमाएको र उनले झुटो कुरा गरेको बताएका थिए ।
न्यायाधीशले बैंकम्यानलाई एफटिएक्सको २०२२ मा भएको पतनसँग सम्बन्धित सात ठगी र षड्यन्त्र मा दोषी भएको फैसला सुनाएका थिए । न्यायाधीश कपलानले बैंकम्यानलाई यो गलत काम गरेको थाहा भएको समेत बताएका छन् । उनले भनेका छन्- 'उसलाई थाहा थियो कि यो अपराध हो । तर उसले आफ्नो अधिकार जस्तै केहि पनि स्वीकार गर्दैन ।'
साथै न्यायाधीशले एफटिएक्सको नाममा रहेको ११.०२ बिलियन डलर जफत गरेर पीडितहरुको भुक्तानी गर्न समेत आदेश दिएका छन् ।
अदालतले यसअघि आफ्नो निर्णयमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले प्रतिवादीले साक्षीहरूसँग छेडछाड गर्ने संघीय अपराध गरेको पाएको बताएको थियो । यो अपराध उद्धृत गर्दै, बैंकम्यान(फ्राइडलाई संघीय हिरासतमा फिर्ता गर्न आदेश दिइएको थियो ।
बैंकम्यानलाई लगानीकर्ताहरूलाई धोका दिएको र एफटीएक्स र अल्मेडा रिसर्च क्लाइन्टहरूको रकम दुरुपयोग गरेको आरोप लागेको थियो ।
फ्राइड छोटो समयमा नै उदाएका अमेरिकी व्यवसायी मानिन्थे । उनी फाइनान्स र टेक्नोलोजी म्यागजिनको कभरमा समेत देखा परेका थिए । उनलाई फर्च्युनले वारेन बफेटसँग तुलना गरेको थियो र प्रमुख कोष प्रबन्धकहरू र उद्यम पुँजीपतिहरूबाट ठूलो लगानी प्राप्त गरेको थियो ।
तर यो सबै नाटकीय रूपमा बिग्रियो जब एक मिडिया रिपोर्टले अल्मेडाको ब्यालेन्स पाना कुनै स्वतन्त्र मूल्य बिना एफटिएक्सद्वारा सिर्जना गरिएको टोकनहरूमा आधारित रहेको खुलासा गर्यो । एकै समयमा, बैंकम्यानका कम्पनीहरू खतरनाक रूपमा आपसमा जोडिएको रूपमा पर्दाफास भयो । र उनको कम्पनि टाटपल्टियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकी संसदले पारित गर्यो समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक
बैशाख १६, २०८१ आइतबार
इराकी टिकटक स्टार फहादको गोली हानी हत्या
बैशाख १६, २०८१ आइतबार
जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा
बैशाख १६, २०८१ आइतबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलनमा नेपालमा लगानी गर्न आग्रह (फोटोफिचर)
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाममा ९ हजार ७ सय ४ मत खसेको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु
बैशाख १६, २०८१ आइतबार
आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
बैशाख १६, २०८१ आइतबार