इराकी टिकटक स्टार फहादको गोली हानी हत्या
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार ११:५६:३७
१६ वैशाख, काठमाडौं । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ ।
हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो । भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ ।
इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिदै विशेष कार्य टोली गठन गरेको जानकारी दिएका छन् ।
फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन् । टिकटकमा उनले आफैंलाई फिटिंग कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन । उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउदै छ महिनाको जेल सजाय सुनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो
बैशाख २९, २०८१ शनिबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३०, २०८१ आइतबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार