हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १५:२७:३८
१७ चैत, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित भएका छन् ।
हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु किनबेच हुने गरेको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।
उनले भने, “हाटबजार कृषक र उपभोक्ता जोड्ने राम्रो माध्यम बनेको छ । उपभोक्ताले आफूले चाहेका उपभोग्य वस्तु एकै ठाउँमा किन्न पाएका छन् भने कृषकले उत्पादित वस्तु बिक्री गर्ने ठाउँ पाएका छन् ।” प्रत्येक शुक्रबारे हाटमा उपभोक्ताको भीड हुने केसीको भनाइ छ । हाटबजार सञ्चालन हुने दिन के के वस्तु आउँदैछ भनेर उपभोक्ताले पहिल्यैदेखि सोधखोज गर्ने गरेको उनले बताए ।
आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका मह उत्पादक कृषक सुकबहादुर गुरुङले हाटबजारले गर्दा महले बजार पाएको बताए । उनले भने, “मह बिक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै छोपाछोप हुन्छ ।” उनका अनुसार मह प्रतिकेजी रु एक हजारमा बिक्री भइरहेको छ ।
स्थानीय कृषक ममिता गुरुङले पनि हाटबजार सञ्चालनले मह बिक्री गर्न सजिलो भएको बताए । छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङलाइ गाउँमा उत्पादित साग हाटबजारबाट बिक्री वितरण गर्न सहज भएको छ ।
आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि हाटबजार सञ्चालन गरेको हो । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको हो । गाउँपालिका भित्रका जुनसुकै वडाका कृषकले आफूले उत्पादन गरेका सामग्री हाटमा ल्याएर बेच्न सक्ने उनको भनाइ छ ।
किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गाउँपालिकाले जनाएको छ । यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अध्यक्ष चुमानको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार