स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बने होल्डिङ सेन्टर
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १३:११:१७
२१ चैत, अत्तरिया कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो ।
करिब दुई वर्षअघि सङ्घीय सरकारको रु २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक बनाएका छन् । होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्साकोठा निर्माण गरिएका छन् । एक हजार क्षमताको होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणमा भने अहिलेसम्म कुनै टुङ्गो लाग्न सकेको छैन ।
होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले भने, “छलफल धेरै भएको छ । कसको मातहत जाने भन्ने लिखित आइसकेको छैन ।”
“सङ्घीय सरकारको लगानीमा बनेको हो । कसलाई हस्तान्तरण गर्ने के सञ्चालन गर्ने हामीलाई केही निर्देशन आइसकेको छैन”, उनले भने । कैलालीको धनगढी उपमहनगरपालिकाले स्वामित्व लिएर बाल अस्पताल बनाउने प्रस्ताव गरेको भए पनि त्यसको केन्द्र सरकारबाट सहमति नआएको उपमहानगरका स्वास्थ्य शाखाप्रमुख योगेश अवस्थीले बताए । “हामीले एउटा भवन लिएर बाल अस्पताल सञ्चालन गर्ने भनेर प्रस्ताव पेस गरेका थियौँ । हस्तान्तरणको सहमति आएन ।”
“सुरुमा प्रदेश सरकारले चलाउने भन्ने कुरा भएको थियो । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुरा भएको थियो,” सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले भने, “स्वामित्व लिनका लागि मन्त्रालयबाट पहल भएको थियो । केन्द्रबाट त्यसको कुनै टुङ्गो लागेन ।”
विसं २०७८ वैशाखमा निर्माण सुरु भएको होल्डिङ सेन्टर २०७९ साउनमा निर्माण सम्पन्न भएको सूचना अधिकारी जोशीले जानकारी दिए । नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो । हाल नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ । प्रयोगविहीन हुँदा होल्डिङ सेन्टर जीर्ण बन्दै जाने खतरा पनि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार