पैदल मार्गको प्रयोग गरी लागुऔषध ओसारपसार गरिँदै
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १५:२७:३८
२३ चैत, गाईघाट ९उदयपुर । जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागुऔषध ओसारपसार गर्न थालेका छन् । जिल्ला बाहिरबाट लागुऔषध कारोबार हुने गरेकाले नियन्त्रणका लागि प्रहरीले सीमानाकामा सवारीसाधन चेकजाँचलाई बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय र मातहातका इलाका प्रहरी तथा प्रहरी चौकीले लागुऔषध कारोबार नियन्त्रण गर्न जिल्ला भित्र र बाहिर आवतजावत गर्ने सबै सवारीसाधनमा कडाइका साथ चेकजाँच थालेपछि लागुऔषध कारोबारकर्ताले चुरे क्षेत्रको जङ्गल भएर पैदल मार्गको प्रयोगबाट लागुऔषध कारोबार सुरु गरेका पाइएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । कारोबारकर्ताले पैदल मार्गबाट लागुऔषध ओसारपसारको रणनीति बनाएका गोप्य सूचना पाइएको उनको भनाइ छ ।
प्रहरी उपरीक्षक थापाका अनुसार प्रहरीले सवारीसाधन र सीमानाकामा चेकजाँच कडाइ गरेपछि लागुऔषध कारोबारकर्ताले चुरे जङ्गल क्षेत्रबाट पैदलयात्रामार्फत लागुऔषध भित्र्याउने प्रयास सुरु गरेका हुन् । पन्ध्र दिनभित्र प्रहरीले छिमेकी जिल्ला सप्तरी, सिरहा र सुनसरीबाट चुरे जङ्गल हुँदै पैदलयात्रा मार्फत लागुऔषध भित्र्याउने आधा दर्जन कारोबारकर्तालाई पक्राउ गरेपछि कारोबारकर्ताको उक्त रणनीति खुलेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
बिहीबार मात्र प्रहरीले जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले बस्ने २३ वर्षीय सकीर अलीलाई सिरहाबाट पैदाल यात्रामार्फत लागुऔषध लिएर उदयपुर छिर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । पाँच दिनअघि त्रियुगा– १२ का २३ वर्षीय समिर मगर र २१ वर्षीय दीपेश चौधरीलाई पनि सप्तरीबाट चुरे जङ्गल हुँदै त्रियुगा–४ बगाहाको सालघारी जङ्गल भएर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरी लागुऔषध बरामद गरको उनले बताए ।
जिल्लाको पूर्वी नाका बेलका नगरपालिकाको कोठु, सप्तकोशी कोशी टप्पु क्षेत्र र सप्तरीको फत्तेपुर नाका, सप्तरी–सिरहाको चुरे जङ्गलबाट लागुऔषध कारोबारकर्ताले झोलामा बोकेर लागुऔषध जिल्ला भित्राउने गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ ।
केही समयअघि लागुऔषध कारोबारकर्ताले ठूलासाना सवारीसाधनमा लागुऔषध लुकाएर ल्याउने गरेको पाइएपछि प्रहरीले चेकजाँचमा कडाई गरेको थियो । प्रहरीको चेकजाँचपछि पक्राउ पर्ने क्रम बढेसँगै अहिले लागुऔषध कारोबारकर्ताले पैदल मार्गको प्रयोग गरी जङ्गलको बाटोबाट लागुऔषध भित्र्याउन सुरु गरेका प्रहरी उपरीक्षक थापाको भनाइ छ ।
“लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले रणनीति बनाएर चेकजाँचमा कडाइ ग¥यो । कारोबारकर्ताले प्रहरीलाई छल्न विभिन्न रणनीति बनाउने गरेका पायौँ । अहिले पैदल यात्रा र जङ्गलको बाटोबाट लागुऔषध भित्र्याउने रणनीति लागुऔषध कारोकारकर्ताले सुरु गरेका छन्”, प्रउ थापाले भने । उनका अनुसार यसको नियन्त्रणका लागि प्रहरीले सादा पोसाकका प्रहरी समेत परिचालन गरेर जङ्गल क्षेत्रमा निगरानी गरिरहेका छन् । हालसम्म पक्राउ गरिएका लागुऔषध ओसारपसारकर्तामाथि म्याद थपगरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
नाबालिका हत्या आरोपमा आमाछोरीलाई पक्राउ
बैशाख २०, २०८१ बिहिबार
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २१, २०८१ शुक्रबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार