नाबालिका हत्या आरोपमा आमाछोरीलाई पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १४:२६:३६
२० वैशाख, सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।
स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाकाअनुसार दुवै आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर 'कर्तव्य ज्यान' मुद्दामा सिराहा जिल्ला अदालतबाट वैशाख १५ गतेदेखि लागू हुने गरी पहिलोपटक सात दिनको म्याद लिइ जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार वैशाख १२ गते बिहानदेखि हराएकी नाबालिका खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा उजुरी परेको थियो । त्यसपछि प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि वैशाख १४ गते राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने मसुरोको झ्याङ्टाभित्र नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो ।
पछिल्लो एक वर्षदेखि परिवारिक झै–झगडाको रिसइवी साँध्न धनिकलाल यादवको घरआँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पु¥याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाको तीन दिनपछि नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ । यसै घटनाको अघिल्लो दिन सखुवानन्कारकट्टी गाउँपालिका–५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार