धारा १६८ (३) को मुख्यमन्त्रीले राजीनामा दिएपछि १६८ (५) मा जानेकी १६८ (२) मा फकर्ने ?
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १५:३४:६
२३ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषय पेचिलो बनेको छ । संविधानको कुन धारा अनुसार सरकार गठनका लागि आह्वान गर्ने भन्ने कुरामा प्रदेश प्रमुख अलमलमा परेका छन् । कतिपय कानुनका जानकारले सुदूरपश्चिम प्रदेश मध्यावधिमा जान सक्ने भन्दै प्रदेश प्रमुख नजिर मियाँलाई सुझाव दिइरहेका छन् । अहिले प्रदेश प्रमुख मियाँ संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान गर्ने भन्ने द्विविधामा परामर्श गरिरहेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा पेस गरिसकेपछि बाध्यात्मक नभएपनि सामान्यतः बिहीबार साँझ नै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरिसक्नु पर्ने थियो । लुम्बिनीमा सरकार गठनको लागि आह्वान भइसकेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि बिहीबार नै राजीनामा दिएका थिए । सुदुरपश्चिममा भने प्रदेश प्रमुख मियाँले सरकार गठनको आह्वान गर्न सकेका छैनन् । उनी कानुनी परामर्श गरिरहेका छन् ।
संविधानको धारा १६८ (२) बमोजिम नियुक्त तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकी सरकार ढलेपछि धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । १६८ (४) को प्रावधानअनुसार उनले विश्वासको मत पनि पाए र १४ महिना सरकार पनि चलाए । तर राजनीतिक समीकरण बदलिएपछि उनी राजीनामा दिन बाध्य भए ।
शाहको राजीनामापछि संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान हुने भन्नेमा कानुन व्यवसायी र सांसदहरुका बेग्लाबेग्लै तर्क देखिन्छन् । सामान्यतः १६८ (३) को प्रावधानद्वारा नियुक्त मुख्यमन्त्रीको सरकार ढलेपछि स्वतः १६८ (५) को विकल्पमा जानुपर्ने केही कानुन व्यवसायीको तर्क छ भने केहीले भने १६८ (२) कै प्रावधानमा पनि फर्किन सकिने तर्क गरेका छन् ।
धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री नियुक्त हुने प्रावधान छ भने धारा १६८ (५) मा धारा १६८ (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा १६८ (२) बमोजिम कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्थामा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखि तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार
सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति
बैशाख २५, २०८१ मंगलबार
जसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार