सर्वोच्चमा तीन जना न्यायाधीश नियुक्ति गरिँदै
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १३:२३:३८
२४ चैत्र, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायाधीश शुष्मलता माथेमा र आनन्द मोहन भट्टराई विदामा बस्नुभन्दा अगाडि नै सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्तिको तयारी गरेका छन् । भट्टराईको अवकाश हुने समय नजिकिँदै छ । ६५ वर्षे उमेरहदका कारण दुईजना न्यायाधीश अवकाश लिने तयारीमा छन् । न्यायाधीश नियुक्तिबारे छलफल गर्न आइतबार न्यायपरिषदको बैठक बस्न सक्ने सर्वोच्च प्रशासनका एक कर्मचारीले नेपालबहसलाई जानकारी दिए ।
प्रधानन्यायाधीश श्रेष्ठ चाँडै न्यायाधीश नियुक्त गरेर सर्वोच्चमा न्यायाधीशको संख्या पूर्ण बनाउने पक्षमा छन् । अब सर्वोच्चमा ल्याइने दुई जना उच्च अदालतका मुख्य न्यायाधीश छन भने एक जना कानुन व्यवसायीबाट ल्याइने छ । उच्च अदालतबाट सर्वोच्चको न्यायाधीशमा कसलाई तान्ने भन्ने लगभग पक्का भइसकेको छ । उनले चैतभित्रै न्यायाधीश सिफारिस भइसक्ने सम्भावना औंल्याएका छन् । सर्वोच्चमा मुद्दाको चाप बढ्दै जानु र समयमा छिन्न नसक्नुको एउटा कारण न्यायाधीश कम भएको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले नियुक्तिमा जोड दिएका हुन् ।
न्यायपरिषदको सिफारिस बमोजिम गत पुस ४ गते सर्वोच्च अदालतमा डेढ वर्षदेखि रिक्त न्यायाधीश पदमा नियुक्ति गरिएको थियो । त्यसबेला एक महिलासहित ६ न्यायाधीश नियुक्ति गरिए पनि पनि एक पद बाँकी राखिएको थियो । एक व्यक्तिका बारे प्रधानन्यायाधीश र तत्कालीन कानुन मन्त्री धनराज गुरुङबीच सहमति नहुँदा एक पद रिक्त राखेर अरूमा सिफारिस गरिएको थियो । सर्वोच्चमा कार्यरत न्यायाधीश सुष्मालता माथेमाको वैशाखमा र जेठमा न्यायाधीश आनन्दमोहन भट्टराईको कार्यकाल सकिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
चितवनका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी
बैशाख २३, २०८१ आइतबार
बागमतीमा डेङ्गु संक्रमितको सङ्ख्या बढ्दै
बैशाख २३, २०८१ आइतबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन
बैशाख २३, २०८१ आइतबार
अनन्या र आदित्यको ब्रेक अप !
बैशाख २३, २०८१ आइतबार