आठौं राष्ट्रिय खेलकुद आज सकिदै, उपराष्ट्रपतिले समापन गर्ने
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार १३:४९:४६
बाँके । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज ‘बुधबार’ हुदैछ । नेपालगञ्ज रंगशालामा एक विशेष कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको समापनको तयारी गरिएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले वृहत राष्ट्रिय खेलकुदको समापन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समापन कार्यक्रममा आउन नसक्ने बताएपछि उपराष्ट्रपतिबाट प्रतियोगिता समापन गर्न लागिएको हो ।
२०७३ सालमा पुर्वाञ्चलको विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदको समापन समेत उपराष्ट्रपति पुनले गरेका थिए । बैशाख ५ गते औपचारिक उद्घाटन गरिएको प्रतियोगिताको खेलहरु अघिल्लो बर्षको चैत २७ गतेबाटै सुरु भएका थिए ।
प्रतियोगिताको अन्तिम दिन भलिवल, फुटबल, क्रिकेट, सुटिङ र पौडीका खेलहरु हुनेछन् । प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय प्रतियोगिता सुरुका तीन संस्करण बाहेक कहिल्यै नियमित हुन सकेको थिए । २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि पहिलो पटक आठौं राष्ट्रिय खेलकुद नियमित बन्न सकेको हो ।
समापन समारोहमा नवौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।नवौं संस्करणका लागि गण्डक प्रदेश र दुई नम्बर प्रदेशले दाबी गरिरहेका छन् ।
प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले समेत राजनीतिक लबिङलाई तिव्र पारेको राखेपका एक बोर्ड सदस्यले खेलपाटीलाई बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार