प्रधानमन्त्री प्रचण्डले तारन्तार गरेपछि देउवाको सट्टा गगन र सिटौला गए बालुवाटार
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १०:५१:४२
२७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनीहरूसँग प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउने विषय छलफल गरेका छन् ।
प्रचण्डले संसदीय दलको बैठक बसिरहेको समयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई तपाई नै आउनुपर्यो भनेर फोन गरेका थिए । तर, देउवा त्यो छलफलमा गएनन् । प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधका बाबजुद सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि कांग्रेस आक्रोशित बनेको छ ।
सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएका हुन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आफ्नै अडान दोहोरिएपछि निष्कर्षमा पुग्न सकेको थिएन । कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन बटम लाइन बनाएको छ भने सत्तापक्ष तयार भएको छैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिँडेका हुन् ।
प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् । आज प्रतिनिधि सभा बैठक बस्दैछ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार