सन्यास तोडेका आमिर र वासिम टिममा सामेल
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार २०:३३:१२
२७ चैत, काठमाडौं। पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ ।
पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी-२० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ ।
पाकिस्तानको टिममा बाबर आजम 'कप्तान', अब्रार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, मोहमद अब्बास अफ्रिदी, मोहमद रिजवान, मोहमद आमिर, मोहमद इरफान खान, नसीम शाह, सैम आयुब, शदाब खान, शाहीन शाह अफ्रिदी, उसमा मिर, उसमान खान र जमान खान रहेका छन् ।
पाकिस्तानको टिममा फर्किएका आमिरले केहि दिन अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गर्दै टी-२० टिममा छनोटका लागि आफु उपलब्ध हुने बताएका थिए ।
यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् ।
त्यस्तै यस अघि इमाद वासिमले पनि केहिदिन अघि आफ्नो सन्यास तोडेर टी-२० टिममा उपलब्ध हुने बताएका थिए । उनले इस्लामाबाद युनाइटेडलाई यस सिजनको पीएसएल च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार