कच्चा पदार्थको अभावमा ‘फ्रेण्डसिप पेपर उद्योग’ सङ्कटमा
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:३७:२०
२८ चैत, धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा सञ्चालित हाते कागज (फ्रेण्डसिप पेपर) उद्योग कच्चा पदार्थको अभावका कारण सङ्कटमा परेको छ ।
आवश्यक परेका बेलामा कच्चा पदार्थ (लोक्ता र अर्गेली)को अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नदिँदा उद्योग सञ्चालनमा सङ्कट उत्पन्न भइरहेको सञ्चालकले जनाएको छ ।
उद्योगका सञ्चालक चतुरमान शाक्यले मागअनुसार कच्चा पदार्थको आपूर्ति नहुँदा भनेजस्तो उत्पादन गर्न समस्या भइरहेको बताए । साथै उत्पादित कागजको सहज रुपमा बिक्री नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।
उद्योगमा लोक्ता र अर्गेली पेल्नका लागि तयार गर्ने काममा व्यस्त मनिता कार्कीले यहाँस्थित नेपाली कागज उद्योगमा वर्षौँदेखि काम गर्दै आएको बताए । उद्योग सिजन अनुसार जसोतसो सञ्चालन हुँदै आएको उनको भनाइ छ ।
“घाम नलाग्दा र पानी परेको बेलामा काम हुँदैन”, कार्कीले भने, “घामको भरमा काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै काम गर्ने गरेका छौँ ।” उद्योगमा कार्यरत सबै मजदुर आएमा दैनिक पाँचरछ कोरी उत्पदान हुने उनले जानकारी दिए ।
उद्योगमा कार्यरत अर्का मजदुर सवला गुरागाईंले कात्तिकदेखि वैशाखसम्म मात्रै काम हुने भन्दै आफ्नै टोलमा उद्योग भएकाले काम भने सहजै पाउने गरेको बताए । उनले विसं २०६२ देखि यहाँ काम गर्दै आएको बताए । उनीहरु जस्तै उक्त उद्योगमा दैनिक १४ जनाले कागज उत्पादनमा काम गरिरहेका छन् । आवश्यक परेको बेलामा कच्चापदार्थको आपूर्ति नहुँदा उत्पादनमा समस्या हुने गरेको उहाँहरुको भनाइ छ । ठूलो ड्रममा उसिनेर कच्चापदार्थ पेल्नेबाहेक सबै काम मजदुरले गर्ने गरेका छन् ।
विसं २०५८ मा दुई जनाले दर्ता गरेर सञ्चालन गरेको ‘फ्रेण्डसिप पेपर उद्योग’ अहिले पनि जसोतसो सञ्चालन भइरहेको उद्योगका सञ्चालक शाक्यले बताए । अहिले आवश्यक कच्चापदार्थ तथा बजारको अभाव, बिक्री गरेपनि समयमा पैसा नपाउनेलगायत समस्याले उद्योग सङ्कटमा पर्न थालेको उनको भनाइ छ । अहिले दुई जनाले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिए ।
“बजार सामान बिक्री गर्दा समयमा पैसा नदिने गरेकाले गाडी भाडा, मजदुरको ज्यालालगायत खर्चसमेत नपुग्ने अवस्था थियो । पछिल्लो समय यसलाई व्यवस्थापन गर्दै लगेका छौँ”, शाक्यले भने, “अहिले बजार पनि राम्रो छैन । केही मजदुरलाई भने अझै रोजगार दिन सकिरहेका छौँ ।” उनका अनुसार उद्योगबाट २० ग्राम र ८० ग्रामका कागज उत्पादन हुँदै आएको छ ।
उत्पादित २० ग्रामको प्रतिकागज रु २० र ८० ग्रामको रु ७० मा बिक्री हुने गरेको सत्तचालक शाक्यले जानकारी दिए । उत्पादन गरेअनुसार बजारमा सामान बिक्री नहुँदा करिब रु पाँच/छ लाखको सामान गोदाममा थन्किएको उनको भनाइ छ ।
“कच्चा पदार्थ आवश्यकता अनुसार नपाउने, पहिला नै भुक्तानी गरेर माग गर्नुपर्ने, आफूले भनेजस्तो नपाउने, बजार अभावलगायत कारणले उद्योग सङ्कटमा पर्दै गएको छ”, सञ्चालक शाक्यले भने । राज्यले आवश्यक कच्चा पदार्थ, उत्पादन भएको वस्तुको सहज बजारीकरण र लगानीको पर्याप्त वातावरण बनाइदिएको अवस्थामा उद्योगको अस्तित्व बचाउन सकिने उनको भनाइ छ ।
उद्योगलाई निरन्तरता दिन बजारको सुनिश्चितता मुख्य आधार भएकाले त्यसको व्यवस्थापन राज्यले गरेमा भएका उद्योगलाई बचाउन र थप रोजगारीका अवसर सिर्जना गर्न सकिने शाक्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
श्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार