मेसिन बिग्रिएपछि शुक्लाफाँटामा खानेपानीको समस्या
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १५:१२:१७
२८ चैत, कञ्चनपुर । एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बिग्रिएको मेसिन मर्मतका लागि प्राविधिकको समयमै व्यवस्था मिलाउन नसक्दा स्थानीय खानेपानीको सेवाबाट वञ्चित भएका हुन् ।
समयमै मेसिन मर्मत नहुँदा टाढाबाट पानी ल्याएर पिउने व्यवस्था मिलाउनु परेको स्थानीयले गुनासो गरेका छन् । पिपलाडी स्वास्थ्य चौकीमा पुग्ने बिरामी, स्वास्थ्यकर्मीलगायत पनि खानेपानीको व्यवस्था नहुँदा समस्यामा परेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बसन्त धामीले बताए । एक सातादेखि खानेपानी आपूर्ति नहुँदा हेण्डपम्पबाट बाल्टिनमा पानी भरेर ट्याङ्कीमा राख्दै आएको उनको भनाइ छ ।
“खानेपानीको मेसिन बिग्रएको छ”, धामीले भने, “अहिलेसम्म मर्मत नहुँदा निकै सास्ती खेप्दै आएका छौँं । शुद्ध पिउने पानीको आपूर्ति नहुँदा विकल्पका रुपमा असुरक्षित हेण्डपम्पको पानी पिउँदै आएका छौँ ।”
खानेपानी व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ऐरले शुक्रबारदेखि खानेपानीको आपूर्तिमा समस्या देखिएको बताए । “प्राविधिकले विद्युत् आपूर्तिमा समस्या देखिएको छ भनेपछि पावर आपूर्ति ठिक गर्ने कार्य गर्यौँ”, उनले भने, “त्यसपछि पनि मेसिन सञ्चालनमा आउन सकेन, स्थानीय प्राविधिकले समस्या समाधान गर्न नसकेपछि नजिकैको झलारी बजारबाट प्राविधिक ल्याएर पनि समस्या समाधान हुनसकेको छैन ।”
पानी ट्याङ्कीमा पुर्याउने विद्युतीय मोटरमा खराबी आएको हो वा तार सर्ट भएर यस्तो भएको भन्नेबारे अझैसम्म प्राविधिकले पत्ता लगाउन नसकेको अध्यक्ष ऐरले बताए । “समस्या समाधानका लागि कैलालीको धनगढीबाट प्राविधिक मगाएका छौंँ”, उनले भने, “एकरदुई दिनमा समस्या समाधन गरी पानी आपूर्ति गर्छौँ ।”
विसं २०७४ मा दातृ निकायको रु ४३ लाखको लागतमा खानेपानी आयोजना निर्माण भएको थियो । आयोजनाबाट दुई सय २५ उपभोक्तालाई पानी आपूर्ति हुँदै आएको छ । खानेपानीको ट्याङ्कीको क्षमता दुई हजार पाँच सय लिटर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखि तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार