जनताको नाम लिएर कांग्रेसले असंसदीय कार्य गरेकाले अधिवेशन अन्त्य गर्नुपर्योः ओली
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १४:५२:२७
२ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले संसदमा असंयमित हुने संकेत गरेका कारण संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन् । उनले जनताको नाम लिएर कांग्रेसले संसद् अवरोध गरिरहने भएकाले अधिवेशन अन्त्य गरिएको बताएका छन् । ओलीले संसदीय प्रणालीका मान्यता अनुरूप समाधान खोज्न कांग्रेससँग आग्रह गरेका छन् ।
आइतबार संसद् भवन परिसरमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई संसदीय प्रणालीकै रूपमा रक्षा गर्नुपर्छ । कांग्रेसले जति सारो जनताको नाम लिइराखेको छ, त्यति जनतालाई पिर परेको छैन जति कांग्रेसलाई परेको छ । कांग्रेसको साह्रोगाह्रोले गर्दा यस्तो भइराखेको छ ।’
जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नै नीति तथा कार्यक्रम पास गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै उनले समयको सीमाका कारण पनि संसद् अधिवेशन अन्त्य गर्नु उपयुक्त रहेको प्रस्ट पारे । यतिबेला हिउँदे अधिवेशन बन्द हुनै पर्थ्याे, बजेट अधिवेशन सुरु हुनैपर्छ । कम्तीमा १५ दिनको ग्याप राख्नैपर्छ । जेठ १५ गते त विनाअलमल बजेट प्रस्तुत गर्नुपर्छ । त्योभन्दा अगाडि नीति तथा कार्यक्रम पास गर्नुपर्छ, यसैले संसद अवरोध गरिराख्नु भन्दा अन्त्य गर्दा राम्रो हुने देखियो, अध्यक्ष ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार