आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १२:५:२६
७ वैशाख, काठमाडौं। इण्डियन प्रिमियर लिग 'आइपिएल' अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७ : ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा लखनउले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले ६ खेलमा ४ जित र २ हार बेहोरेको छ भने ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने छैनन् । उनी इन्जुरीका कारण उनी खेलमा फर्किने बारे स्पष्ट भएको छैन । उनले डेभ्यु खेलमा १५५।८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६।८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट
बैशाख २०, २०८१ बिहिबार
वेष्टइन्डिजविरुद्ध आजको खेल जित्नै पर्ने दवावमा नेपाल
बैशाख २०, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
बैशाख २०, २०८१ बिहिबार
साउदीमा महिला फिटनेश प्रशिक्षकलाई ११ वर्षको जेल सजाय
बैशाख २०, २०८१ बिहिबार
रारा ताल परिसरमा चर्दै गरेका भेडा
बैशाख २०, २०८१ बिहिबार
बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
बैशाख २०, २०८१ बिहिबार