प्रदेशमा अस्थिरताको जड नै प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १४:१४:२३
९ वैशाख, काठमाडौं । राजनीतिमा सधैं अस्थिर रहने नेताका रुपमा पहिलेदेखि नै चर्चा कमाएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेयता केन्द्रीय राजनीतिमा धेरै पल्ट उथलपुथल आए । पद र सत्ताका लागि समीकरण परिवर्तन उनका लागि नौलो कुरा भएन । राजनीतिमा धेरै उथलपुथल र अस्थिरता बढेकाले पछिल्लो समय उनको सरकारमा रहने आयुको पनि लेखाजोखा हुन थालेको छ । केन्द्रमा जे जस्तो भएपनि उनका कारण प्रदेश भने बदनाम भइसकेका छन् ।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर पुगेका उनले धनगढी विमानस्थलमा एमाले–माओवादीसहितको वर्तमान समीकरण पूरै अवधि टिक्ने दाबी गरे । वर्तमान सत्ता समीकरणको आयुलाई लिएर अहिले बजारमा चलिरहेका हल्लाको कुनै अर्थ नभएको बताए । उनले प्रदेशमा सरकारहरु गठनको क्रम अन्तिम चरणमा पुगेको बताए । तर, अहिले कुनै पनि प्रदेशको अवस्था सही छैन् । प्रदेशको राजनीति देखेर जनतामा संघीयताप्रति वितृष्णा जागिसक्यो ।
प्रदेशगत हेर्दा कुनै स्थीर छैन । बाग्मतीको अवस्था उस्तैछ । कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परे । तर, उनले राजीनामा नदिने भन्दै धेरै जोरी खोजे मध्यावधीमा जाने भनेर धम्क्याई रहेका छन् । परिस्थिति पनि यसरी नै विकसित भइरहेको छ ।
उनलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराइएको एमाले अहिले आफैमा रनभुल्ल छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा वैकल्पिक सरकार बनाउने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ । कोशीमा किचलो सुरु भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले यही बैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए । बैठक बसेपनि अब के गर्ने भन्ने अन्योल नै छ कोशीमा ।
गण्डकी र सुदूरपश्चिममा प्रदेशमा पनि उही हालत छ । गण्डकीको विषय सर्वोच्चमा विचाराधीन छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ । कांग्रेसले शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन नै राखेर प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको ठहर गरेको छ ।
कांग्रेसले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संधिवानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको बताएको छ । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको कांग्रेको भनाइ छ । २०८० चैत्र २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानूनी र त्रुटीपूर्ण भनि सर्वोच्च अदालतमा दायर भएको रिटमा यसको टुंगो नलाग्दासम्म दीर्घकालीन प्रकृतिका कुनैपनि निर्णय नगर्नू÷नगराउनू भनि सर्वोच्च अदालतबाट भएको आदेशको चैत्र २८ गते आदेश गरेको थियो ।
रिटको पूर्ण सुनुवाई, २०८१ वैशाख १० मा तोकिसकेको अवस्थामा प्रदेश सभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारबाट अदालतको अवहेलना गर्ने काम भएको छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको अवज्ञा गर्दै प्रदेश सभाको अधिवेशन बोलाइनु गैरकानूनी र सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित रहेको कांग्रेसको दाबी छ ।
उता, कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको १३ दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । मन्त्रालयहरू चैत २१ गतेदेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलसँग भागबन्डाको कुरा नमिलेपछि मुख्यमन्त्रीले सरकार एक्लै चलाउँदै आएका छन् । चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णालीमा सत्तासाझेदार दलसँग मन्त्रालयको भागबन्डा मिलाउन सकेका छैनन् ।
माओवादीले महत्वपूर्ण मन्त्रालय माग गर्दा सरकार गठनमा समस्या भएको नेकपा एमालेको आरोप छ भने माओवादी केन्द्रले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिनुअघि भएका सहमतिअनुसार एमाले अघि नबढेको भनाइ छ । अब एमालेले भागबन्डाका नाममा धेरै किचकिच गरे कुनै मन्त्रालय नलिएरै सर्मथन गर्ने माओवादी बताउँछ । एमाले माओवादी केन्द्र सामाजिक विकास मन्त्रालयमा अड्किएको छ । माओवादी केन्द्रले आफ्ना अडान नछोडेपछि सहमति हुन सकेको छैन भन्छ ।
सरकार गठनमा माओवादी केन्द्रले आफ्नो अडान नछोडेपछि मुख्यमन्त्री कँडेल भने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समक्ष पुगेर सरकार गठनमा सहजता पुर्याउन आग्रह समेत गरेका छन् । तर कुनै सुनुवाइ भएको छैन् । यता सत्ता साझेदार दल माओवादी केन्द्रले भने सभामुख, चार महत्वपूर्ण मन्त्रालयसहित मुख्यमन्त्री आलोपालो माग राखेको छ ।
प्रदेश सभाको बाँकी कार्यकालको आधा कार्यकाल मुख्यमन्त्री आफूले पाउनु पर्ने मागसहित सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार, उद्योग, पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय माओवादीले माग गरेको छ । लुम्बिनीमा तीन सांसद रहेको जसपाले छाडिसकेको छ ।
पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । सरकार गठन गर्दा दुइवटा मन्त्री पार्टीलाई दिने सहमति थियो ।
मुख्यमन्त्री जोखबहादुर महराले एउटा मात्र मन्त्री दिएपछि असन्तुष्ट रहेको जसपा सरकारबाट बाहिरिएको हो । नेकपा माओवादीका नेताहरु सँग जनता समाजवादीलाई २ जना मन्त्री दिनेसहमतिगरेकोमा त्यस विपरीत मुख्यमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्दा अपमानजनक व्यवहार गरेकोले सरकारबाट बाहिरिएको यादवले बताए । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । गएको चैत २२ गते सत्तासाझेदार दलहरुबीच जनता समाजवादी पार्टीलाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमी व्यवस्था मन्त्रालय दिनेगरी सहमति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीको रबैया र सभामुखको भूमिकाप्रति कांग्रेस रुष्ट
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
बैशाख २९, २०८१ शनिबार
ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
बैशाख २९, २०८१ शनिबार
लमजुङको घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र सुरु
बैशाख २९, २०८१ शनिबार
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने
बैशाख २९, २०८१ शनिबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार