तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार ११:२१:४०
१२ वैशाख, गोरखा । वि.सं. २०७२ साल वैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको वारपाक केन्द्रविन्दु बनाई गएको ७.८ म्याग्निच्यूडकाे भुकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो, भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो । आज सोही भुकम्प गएको ९ वर्ष पुरा भएको छ ।
करिब १५ सय भन्दा बढि घरधुरी, अधिकांश मानिसहरू बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुंगाले छाएको घर, बाटो भरि ढुंगा विछ्याइको सुन्दर गाउँको रुपमा परिचित वारपाक २०७२ सालको भुकम्पपछि भने फेरिएको छ । मौलिकता मासिएको छ, र परिचय फेरिएको छ, भुकम्पको केन्द्रविन्दु वारपाक । आजभोलि वारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू आउने गर्दछन् ।
सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरू खुलेकाले वारपाक लागि घुम्ने नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरू निर्माण गरिएको छ, ढुंगा छापिएका बाटोहरु मोटर बाटोमा परिणत भएका छन् । ९ बर्ष अगाडि भुकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाँकी छन् बारपाकीहरुको मनमा, दैनिकी सामान्य बन्दै गएको छ, मेलापात, घाँस दाउरा वनजंगल गर्दा गाइने गीतहरूले भुकम्पको कम्पनलाई बिर्साएको छ ।
केही तस्वीरहरु नेपाल फोटो लाइब्रेरीबाटः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार