चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १७:२०:१
१२ वैशाख, सुर्खेत । सत्ता समीकरणको विवादका कारण कर्णालीमा १५ दिनसम्म सरकार बन्न सकेको छैन । आज बल्ल कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । अरु मन्त्री कहिले नियुक्त गर्ने भन्ने विषयमा मुख्यमन्त्री नै अन्योलमा छन् ।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले गठबन्धनमा विवादका कारण सरकारलाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको थियो ।
मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् । मुख्यमन्त्री कँडेलले भोलि, बिहीबार संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार