पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार २०:४५:५०
१७ वैशाख, सुदूरपश्चिम । मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याउने भएको छ । त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ ।
भजनी नगरपालिका–७ लालबोझी गाउँको पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरेर साबिककै स्वरूपमा ल्याउन लागिएको हो ।
डिभिजन वन कार्यालय पहलमानपुरको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र वनरक्षकलगायतका संयुक्त टोलीले जेसिभी र स्काभेटर प्रयोग गरी ताललाई पुरानै स्वरूपमा ल्याउन लागिएको हो ।
दुई दिनदेखि आठ वटा स्काभेटर र जेसिभी प्रयोग गरी निरन्तर काम भइरहेको छ । ताल नजिकै रहेको मोहना नदीमा बर्खा याममा बर्सेनि आउने बाढीसँगैको बगेको माटो र बालुवाले ताल पुरिएपछि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । पुरिएर अतिक्रमणमा परेको ताललाई साबिककै स्वरूपमा फर्काउने कामको स्थलगत अनुगमन निरीक्षण पश्चात् प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले तालको नक्साङ्कन र रेखाङ्कनको काम पूरा भई ताललाई साबिककै स्वरूपमा ल्याउन लागिएको बताए । उनले भने, “ताललाई साबिककै स्वरूपमा ल्याएर संरक्षण गर्न वन डिभिजन कार्यालयलाई निर्देशन दिइएको छ, नगर प्रमुखलाई यो काममा सहयोग गर्न आग्रह गरेका छौँ ।”
सरकारले सरकारी, सार्वजनिक जग्गा अतिक्रमण हटाउन गरेको परिपत्र बमोजिम यो तालको अतिक्रमण हटाई संरक्षण गर्न लागिएको हो । तालको अतिक्रमण हटाउन सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वय भएको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम विचारी ठाकुरले यो ताल क्षेत्र वसन्त जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्वपूर्ण रहेको बताए । पहिले यो ताल क्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रुपमा रहेको स्थानीयको भनाइ छ ।
यो ताल क्षेत्र सीमा पारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्ने ‘करिडर’का रुपमा लिइन्छ । तालको अतिक्रमण हटाइ पुरानै स्वरूपमा फर्काउन सकिएमा जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्या(पर्यटनको विकास हुने भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको भनाइ छ ।
वडा नं ७ का अध्यक्ष अमरबहादुर कठरियाका अनुसार वि.सं २०६४ र त्यसपछि पटक(पटक मोहना नदीमा आएको ठूलो बाढी तालमा पसेपछि पूरै ताल पुरिएको हो ।
“ताल पुरिएर स्थानीयले खेती लगाउन सुरु गरेपछि यहाँ तालको पुरानो स्वरूप देखिँदैन,” उनले भने, “ताल पुरिँदै गएपछि ताल छेउमा जग्गा हुनेले अतिक्रमण बढाउँदै लगेपछि पूरै ताल खेतमा परिणत हुन पुगेको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार