मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न सिंहदरवार पुगे अध्यक्ष ओली
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १३:४३:९
२० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वर्तमान राजनीतिका अवस्था र आगामी बजेट अधिवेशनबारे छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष ओली बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।
पछिल्लो समयमा मन्त्रिपरिषदको बैठक बस्नुभन्दा अगाडि ओली र प्रचण्डबीच छलफल हुँदै आएको छ । ओलीसँग आवश्यक छलफल गरेर मात्रै प्रधानमन्त्रीले पनि मन्त्रिपरिषदमा एजेन्डाबारे छलफल गर्ने गरेका छन् । सरकारले यही वैशाख अन्तिम साता संसदको बर्खे अर्थात् बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले भने उनीहरूबीच उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएको छ । इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र प्रदेश सरकारलाई अगाडि बढाउने भन्नेबारे ओली र प्रचण्डबीच छलफल भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार