फ्रान्सेली नागरिकसहित दुई नेपालीले गरे दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार ११:५६:५७
२३ वैशाख, मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण 'रक क्लाइम्बिङ' परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर र मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो ।
पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण फ्रान्सेली नागरिकसहित दुई नेपालीले ति दुई भिरमा खेल परीक्षण गरेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ अग्लो स्थानमा पर्दछ । उनले भने,“चट्टान आरोहणलाई यस पदमार्गको साहसिक खेलको गन्तव्यका रूपमा विकास गर्नुपर्छ ।
यसले पर्यटकीय क्षेत्र मनाङको विकासमा प्राकृतिक सम्पदाको उपयोग पनि हुन्छ । यसमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।” गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यमा साहसिक खेलले टेवापुग्ने भएकाले सहमतिपत्र दिएर नै अगाडि बढिरहेको अध्यक्ष घलेको भनाइ थियो । चामे–५ का वडाध्यक्ष विजय गुरुङले पनि पदमार्गको आकर्षण वृद्धि र पर्यटन प्रवर्द्धनका लागि समेत रक क्लाइम्बिङको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
पर्यटकीय क्षेत्रमा यस्ता साहसिक खेलले पर्यटन क्षेत्रको विकास र आगमनवृद्धि हुनुका साथै मनाङको प्रचारप्रसार हुने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भनाइ छ । “पालिकाबाटै अनुमति लिएर गरिएको रक क्लाइम्बिङ सफल भयो । सम्भवतः नेपालकै अग्लो भिरमा पहिलोपटक यो रक क्लाइम्बिङ हुनसक्छ”, उनले भने, “म आफैँ पनि आरोहणमा सहभागी भए । यस खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ । त्यसैले यस मार्गको विकास र साहसिक पदमार्गमा साहसिक खेल प्रवर्द्धनमा जोड दिनुपर्छ ।”
पाँचदिने आरोहण परीक्षणमा नेपाली, विदेशीसहित पालिकाका जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको थियो । यसबाट पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटकलाई आकर्षित गर्न प्राकृतिक सम्पदाको उपयोग गर्न सकिएमा यहाँ अझै बढी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने उनीहरूको विश्वास छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
सर्वोच्चबाट मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने
जेठ ११, २०८१ शुक्रबार
‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
जेठ ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार