रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १२:१७:९
२३ वैशाख, गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । वि.सं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय सुरू गर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरू भएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नु नपरेको उनले बताए ।
तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अग्र्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताए । “अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ । त्यसले माछा फार्ममा आउनेहरूको माग मात्रै पूर्ति गर्न सकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन”, गुरुङले भने ।
अर्ग्यानिक होममा आउने पाहुनाले प्रतिकेजी रु दुई हजारमा आफैंले पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बास बस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उनले बताए । उनका अनुसार घरमा लैजान चाहनेलाई प्रति किलो रु एक हजार सात सयमा बिक्री गर्ने गरिएकामा फार्मबाट दैनिक सात किलोभन्दा बढी र माघमा लाग्ने तातोपानी मेलाको समयमा भने दैनिक तीन क्विन्टलसम्म माछा बिक्री हुने गरेको छ ।
“सामान्यतः दैनिक सात किलोभन्दा बढी माछा बिक्री हुने गरेको छ । मेला पर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैंले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ । त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन”, उनले भने ।
धार्चेको पानी हिमालबाट आउने र धेरै चिसो हुने भएकाले यहाँको माछा स्वादिष्ठ हुने स्थानीयको भनाइपछि आफूले त्यसको सदुपयोग गर्दै व्यावसायिक आयआर्जन सुरू गरेको बताउने गुरुङले व्यवसाय विकासमा केही चुनौती रहे पनि निराश हुने अवस्था भने नरहेको बताए । “समस्या र चुनौती त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँठाउँमा पनि उद्यम गरेर खान सकिन्छ भन्ने उदाहरण म आफैँ हुँ । त्यसैले अरु युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्न सक्नुपर्छ”, गुरुङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार